नेकपा माओवादी केन्द्र कास्कीको ईञ्चार्जमा रामजी बराल


     एभरेस्ट आवाज    
     चैत्र २१ गते २०८० मा प्रकाशित




पोखरा । नेकपा माओवादी कास्कीको ईञ्चार्ज रामजी बराल बनेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बराललाई कास्की ईञ्चार्जको जिम्मेवारी दिइएको हो ।

नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ करण अर्थमन्त्री वर्षमान पुनको सहयोगी टिममा परेर काठमाडौं बस्न थालेपछि कास्की ईञ्चार्ज पद रिक्त थियो । उक्त रिक्त पदमा केन्द्रीय सदस्य बराललाई जिम्मेवारी दिइएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्माले जानकारी दिए ।

बराललेपनि आफूलाई पार्टीले कास्की ईञ्चार्ज दिएको स्वीकारे । ‘हो मलाई कास्की ईञ्चार्ज दिइएको हो,‘यसलाई मैले सहर्ष स्वीकार गर्ने निर्णय गरेँ’–उनले भने ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका ईञ्चार्ज दीनानाथ शर्मा, सहईञ्चार्ज हरि अधिकारी (कुमार), गण्डकी अध्यक्ष गायत्री गुरुङ (कुसुम)सहित केन्द्रीय सदस्यहरुको भेलाले आफूलाई ईञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको नवनियुक्त ईञ्चार्ज बरालले बताए ।

ईञ्चार्ज बरालले कास्की पार्टीलाई बलियो बनाएर प्रतिष्पर्धी पार्टीहरुसँग लड्नसक्ने बनाउने अठोट रहेको बताए । ‘पार्टी बनाउने अभियान अहिले देशैभर चलिरहेको छ । कास्कीमापनि मेरो बलबुताले भ्याएसम्म पार्टी बलियो बनाउन कुनै कसुर बाँकी राख्दिन । कास्की पार्टी अब बन्छ’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।