चैत २२ पोखर । पोखरा महानगरपालिका अहिले अटेरी महानगरको रुपमा छबी बनाएको छ । सर्वोच्च अदालतले ६ महिनाको समयसीमा तोकेर फेवाताल संरक्षण गर्न भनेको थियो । तर उक्त म्याद गुज्रिएको एक हप्ता बित्दासमेत फेवाताल संरक्षण र सौन्दर्यकरणमा सिन्कोसमेत भाँचेको छैन । बरु पोखरा महानगरले अर्को एउटा आदेशपनि अपहेलना गरेको पाइएको छ । महानगरले फेवातालको सिरान क्षेत्रमा पर्ने जग्गा पुर्नलाई अवरोध नगर्नू/नगराउनू भन्ने उच्च अदालत पोखराले दिएको आदेश कार्यान्वयन नगरेको हो ।
आफ्नो नीजि जग्गा घेराबेरा गर्न र पुर्नलाई पोखरा महानगरपालिकाले अवरोध गरेकाले सो कार्य नगर्न÷नगराउन माग गर्दै अधिवक्ता पहारीले हालेको रिटमा न्यायाधीस मिलनकुमार राईको एकल ईजलाशले यस्तो आदेश दिएको हो । आदेशमा सार्वजनिक जग्गामा घेराबेरा वा पुरेको भए सो कार्य रोक्न अन्यथा नीजि जग्गामा कुनैपनि प्रकारको अवरोध नगर्न आदेश दिइएको छ ।
तर आदेशको अपहेलना गर्दै महानगरले आफ्नो नीजि जग्गामा घेराबेरा गर्न र पुर्न नदिएको युवराज खतिवडाले बताए । उनले समान प्रकृतिको जग्गामा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फरक÷फरक व्यवहार गरेको उनको आरोप छ । वरीपरीका सबै जग्गा चारै तिरबाट पुरेर घडेरी बनाएका छन्,उनले भने,‘तर मलाई र मेरा मान्छेलाई मात्रै छानी छानी पुर्नलाई रोकिएको छ । यो विभेद मलाई मात्रै किन ? ।’ त्यतिमात्र होईन मेयर आचार्यकै भाई शिवराज आचार्यले जग्गा प्लटिङ गरेको उनले दाबी गरे । मेयरको संरक्षणमा उनको भाईले जग्गा प्लटिङ गर्दा राज्य मुकदर्शक बनेको उनको आरोप छ । के मेयर र उनको परिवारलाई जे गर्नपनि छुट छ ? उनले भने,होईन भने उनीहरुले जे गर्दापनि मुकदर्शक हुने राज्य हामीले आफ्नै जग्गा पुर्दा र घेराबेरा गर्दाचाहिं किन बाधक बन्छ ? ।’
यसैबीच, अधिवक्ता सरस्वती पहारीले अदालतको मानहानी गरेको भन्दै महानगरबिरुद्ध अपहेलना मुद्धा दर्ता गरेका छन् । अहिले महानगर सोहि अपहेलना मुद्धा बेहोरीरहेको छ । हुन त महानगरले उच्च अदालतको आदेशबिरुद्ध भ्याकेट गर्ने प्रयासपनि गरेको थियो । तर अदालतले सो भ्याकेट दरपीठ गरिदिएको छ ।
तर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अदालतले आदेश दिएको भन्ने कुरा निराधार रहेको दाबी गर्छन् । त्यस्तो आदेश दिएको मलाई याद छैन,उनले भने,‘सर्वोच्च अदालतले संरक्षण गर्नु भन्ने, अनि उच्च अदालतलेचाहिं जग्गा पुर्न दिने, घेराबेरा गर्न दिने भन्ने हुँदैन । सर्वोच्चको आदेशबिरुद्ध उच्चले आदेश नदिनुपर्ने हो । त्यस्तो हुन सक्दैन ।’
मेयर आचार्यले सिमसार पुर्न खोजे महानगरले रोक्ने बताए । प्राविधिक रुपमा पुर्न मिल्ने भए दिईन्छ,उनले भने,‘तर अनुमतिपनि नलिने, जथाभावी अनधिकृत रुपमा पुर्न खोजे रोकिन्छ ।’ उनले उच्चको आदेशबिरुद्ध महानगर भ्याकेट निवेदन लिएर अदालत जाने बताए । भ्याकेट निवेदन त खारेज गरिदिएको होईन भन्ने प्रश्नमा मेयर आचार्यले भने,‘खै त्यसबारेमा मलाई थाहा भएन, म अहिले बाहिर छु, अरु कुरा बुझ्नुपर्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







