चैत २४ पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् ।
पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पु¥याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको बताए ।
क्लबका असल अभ्यासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडितलाई सहायता जस्ता राम्रो काम गरिरहेको उल्लेख गरे ।
‘समाज परिवर्तनको लागि लायन्स क्लबहरुले सामूहिक रुपमा महत्वपूर्ण भुमिका पनि निर्वाह गरिरहेकोमा खुशी प्रकट गर्दछु । लायन्सले मानवीय एवं प्राकृतिक विपत्तिमा सहयोग गरी ठूलो गुन लगाएको छ ।’ प्रमुख भट्टले भने– ‘अनवरत र व्यवस्थित रुपमा मानवीय सेवा गर्दै आउनुभएकोमा हार्दिक बधाई दिन चाहान्छु । यस्तै पवित्र कार्य निरन्तर चलिरहोस् भनी कामना गर्दछु ।’
लायन्स क्लब अन्तर्राष्ट्रिय कोषबाट करिव २४ करोडको सहयोगमा रुवेलाको विरुद्धमा खोप, नेपालका दूरदराजमा गएर करिव २० वर्षसम्म आँखाका बिरामीहरु पहिचान गरी निःशुल्क शल्यक्रिया लगायतका सेवाहरु उपलब्ध गराएको कार्य प्रशंसनीय रहेको भट्टको भनाई छ ।
लायन्सले नेपालमा २०७२ सालमा गएका महाभुकम्पमा क्षतिग्रस्त स्थानहरुमा पुगी ठूलो सहयोग गरी समाज सेवाको अनुकरणीय कार्य गरेको स्मरण पनि उनले गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १६ असोज — नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा…







