पोखरा । नेपाल तामाङ घेदुङको ६८औं स्थापना दिवसको अवसर पारेर विभिन्न विधाका श्रष्टालाई सम्मान गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा उक्त कार्यक्रममा गरिएको हो ।

सोही अवसरमामा प्रथम अमर रत्न युवा पुरस्कार तथा रमेश रत्न दीर्घ सेवा पदक पुरस्कारबाट कृष्ण कुमार तामाङ र प्रताप वाइबा तामाङलाई एक प्रदान गरिएको छ।
कार्यक्रममा स्वर्गीय अमर माम्बा तामाङको स्मृतिमा प्रदान गरिएको अमर रत्न पुरस्कारद्वारा राष्ट्रिय तथा अन्तरास्ट्रिय पदक विजेता कराँते खेलाडी कृष्ण कुमार गोले सम्मानित भएका छन् भने स्वर्गीय रमेश गोले तामाङको स्मृतीमा रमेश रत्न रास्ट्रिय दीर्घसेवा पुरस्कारद्वारा नेपाल तामाङ घेदङ कास्कीको स्थापनाकाल देखि निरन्तर समुदायको सेवा गरेका वरिष्ठ समाजसेवी प्रताप वाईबा तामाङलाई जनही रु.१०/१० हजार नगद,सम्मानपत्र साथै दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
त्यस्तैगरी तामाङ घेदङ कास्कीको स्थापनाकालमा अतुलनीय योगदान पुयाएकोमा अगुवा इन्द्र बहादुर डुम्जनको जीवनी प्रस्तुतीका साथै उनलाई पनि सम्मानपत्र साथै दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रममा अमर रत्न पुरस्कार अक्षयकोषदाता उनका दाजु आइतसिङ माम्बा तामाङ,रमेश रत्न पुरस्कार अक्षयकोषदाता उनकी आमा मिश्री तामाङ लगाएत घेदुङ कास्कीको भौतिक संरचनामा थप सुविधा सम्पन्न गराउन सहयोग पुयाउने व्यक्तित्वहरु लाघुराम तामाङ,सुकमाया मोक्तान,वृहस तामाङ, दिनेश थीङ र धन बहादुर पाख्रिनलाई पनि खादा ओढाई सम्मान गरिएको थियो।
सोही अवसरमा प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक वाइबा तामाङले तामाङ समुदाय यो देशमा लामो इतिहास बोकेको आदिवासी समुदायमध्ये तेश्रो ठुलो जनसंख्या रहेको जाती भएको बताउदै तामाङ समुदाय इतिहासमा राज्यको विभेदकारी नीतिका कारण अनेक विभेद र उत्पिडनबाट गुज्रेको जिकिर गरे । उनले तामाङ स्वयम आफुलाई स्थापित गर्न मुलुकको लोकतान्त्रिक परिवर्तनलाई आत्मासात गर्दै देशको हरेक क्षेत्रमा वहु आयामिक ढङ्गले अग्रसर भएर अगाडी बढ्न आवश्यक रहेको बताए ।
समारोहका अध्यक्ष भक्त तामाङले स्व।अमर माम्बा तामाङको जिवानी माथि प्रकाश पारेका थिए भने उपाध्यक्ष ऋतु थोकरले रमेश गोले तामाङको संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा कास्की घेदुङका हस्तीहरु प्रताप वाईबा,इन्द्र बहादुर डुमजन,स्व.श्याम बहादुर मोक्तान,लाल बहादुर मोक्तान लगाएत दर्जनौं अग्रजहरुको चर्चा परिचर्चा भएको थियो।
समारोहमा ला म्हेन्दो तामाङ समाज युकेका अध्यक्ष आइतसिङ माम्बा,घेदुङ कास्की पुर्व का।वा।अध्यक्ष रामप्रसाद साम्देन,महिला घेदुङ पोखरा समितिका अध्यक्ष पवित्रा तामाङ,घेदुङ माछापुच्छ्रेका अध्यक्ष धन बहादुर पाख्रिन,घेदुङ पोखरा समितिका प्रमुख सल्लाहकार टेक बहादुर तामाङ,अध्यक्ष शिबु ब्लोन साथै प्रतिभा छनौट समितिका संयोजक कुम बहादुर योन्जन लगाएतले बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै गरि सम्मानित व्यक्तित्वद्वय प्रताप वाइबा तामाङ र कृष्णा कुमार गोले तामाङले संस्थाप्रति र अक्षयकोष दाता प्रति कृतज्ञ भएर मन्तव्य राखेका थिए। नर बहादुर योन्जन तामाङको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन ऋतु तामाङले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







