पोखरा, चैत २५
गण्डकी प्रदेशको खगराज अधिकारी सरकारमा माओवादीका हरिबहादुर चुमान र राजिव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । आजैमात्र मुख्यमन्त्रीमा नियुक्त अधिकारीले पहिलो चरणमा माओवादीबाट चुमान र मनाङे रहेको ३ सदस्यीय मन्त्री परिषद गठन गरेका हुन् । दुबैले आज विना विभागीय मन्त्रीको रुपमा सपथ खाने बताइएको छ ।
चुमान नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । उनी यसअघि पृथ्वी सुब्बा सरकारमा आन्तरिक मामिला मन्त्री थिए । त्यस्तै, मनाङे पाचौं पटक मन्त्री बन्न लागेका हुन् । स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका उनी निवर्तमान सरकारमापनि सहभागि थिए ।
नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आजै अपराह्न ३ः३० बजे सपथ लिदैछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







