गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिकारी नियुक्त


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०८० मा प्रकाशित




पोखरा, चैत २९

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लमजुङ जिल्ला बेसीसहर नगरपालिका वडा नम्बर–१ निवासी अधिकारीलाई गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

यसअघी गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद बैठकले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।