अल्जेरियामा कार बम बिस्फोट, पाँच सर्वसाधारणको मृत्यु


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७७ मा प्रकाशित




अल्जेरियामा कार बम बिस्फोट हुँदा पाँच जना सर्वसाधारणको मारिएका छन्।

पूर्वी अल्जेरियाको तेब्बास क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी कार बम बिस्फोट हुँदा अन्य ३ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

अघिल्लो हप्ता सैनिक कारवाहीमा हतियारधारी समूहका केही व्यक्तिको मृृत्यु भएलगत्तै सो आक्रमण भएपनि घटनाको कसैले पनि हालसम्म जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन्।

सन् १९९० को दशकदेखि अल्जेरियामा विभिन्न सशस्त्र समूहले हिंसात्मक गतिविधि संचालन गर्दै आएका छन्।

सन् २००० मा सेनाको कारवाहीमा त्यहाँ हजारौं सर्वसाधारणको मृत्यु भएको थियो।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।