आनन्द ज्योतिमा भू.पू. विद्यार्थी मञ्चको भित्तेपात्रो बिमोचन


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०८० मा प्रकाशित




चैत्र ३० पोखरा । भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.वि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.वि.का पुर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रमकाविच २०८१ सालको भित्तेपात्रो बिमोचनका साथै नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी मञ्चका पूर्व सल्लाहकार एवं आजीवन सदस्य पदमराज पौडेलले आनन्द ज्योति मा.वि.मा अध्यनरत विद्यार्थी केन्द्रित रहने गरेर मञ्चले सञ्चालन गर्ने गरि आफ्ना बुबाआमाको नाममा तीन लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । उनले विद्यार्थी मञ्च आफैमा एउटा महत्त्वपूर्ण फोरम भएको भन्दै यो संस्थालाई अझै बृहत् बनाउदै लग्नु पर्नेमा जोड दिए । आफैले पढेको, खेलेको स्कुलको मायालाई संघालेर मञ्च अगाडि बढेको भन्दै पौडेलले मञ्चलाई सहयोग गर्न आफू सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगर पालिका वडा नम्बर ३१ का कार्यवाहक वडाध्यक्ष देवेन्द्र अधिकारीले मञ्चले गरेका कामको प्रशंसा गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न वडा कार्यलय भू.पू. विद्यार्थी मञ्चसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष बिकास प्रसाद कडेलले मञ्चले सञ्चालन गर्ने गरि अक्षयकोष स्थापना गर्ने घोषणा गरेर महत्वपूर्ण र उत्साहजनक साथ दिएकोमा पूर्व सल्लाहकार एवं आजीवन सदस्य पौडेलप्रती आभार व्यक्त गरे । भित्तेपात्रो प्रकाशनका लागि आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने सबैलाई अध्यक्ष कंडेलले आभार प्रकट गरे ।

मञ्चका अध्यक्ष कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानध्यापक शिबराज अधिकारी, मञ्चका सल्लाहकार चिरञ्जीवी अधिकारी लगायतले बोलेका थिए । भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक कृष्ण आचार्यले सञ्चालन गरेको कार्यक्रममा सदस्य बिजय अधिकारीले स्वागत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।