पोखरामा लागुऔषध कारोवारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । लागु औषध ओसरपसार तथा कारोवारमा संलग्न भएको आरोपमा पोखराका छुट्टा–छुट्टै स्थानबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुको म्याग्दे – ६ सालघारी स्थायी घर भई शुक्लागण्डकी वडा नं.–५ बेलचौतारा बस्दै आएका वर्ष २५ का किस्मत थापा र कास्कीको अन्नपूर्ण गाउँपालिका–१ फल्लापानी बस्ने वर्ष ४२ का कृष्ण बहादुर वि.क.छन् ।

प्रहरीले सवारी चेकजाँचका क्रममा ग २४ प ८७७३ नम्बरको स्कुटरमा सवार थापालाई पावरहाउस चोक स्थित पृथ्बी राजमार्ग सडक खण्डबाट लागु औषधसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागू औषध डाईजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल र नुर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल लागू औषध र १ थान मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै लागु औषध गाँजाको विक्रि वितरणमा वि.क. को संलग्नता रहेको सुचनाको आधारमा पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । वि.क. झण्डै साढे २ किलो गाँजा सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।