पोखरा । सञ्चय बहुउद्देश्य वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शैक्षिक समाग्री हस्तान्त्रण, नयाँ वर्ष २०८० को शुभकामना तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको रजतजयन्ती मनाइरहेको सहकारीले शुक्रबार विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।
सहकारीले नेपाल नेत्रहिन संघ कास्कीलाई झण्डै ४० हजार रुपैयाँको शैक्षिक सामाग्री हस्तान्त्रण गरेको जनाइएको छ । संस्थाले संघलाई १७ रिङ ब्रेल पेपर, ३० थान स्लेट र ४० थान स्टालस लगायत संघका अध्यक्ष श्रीकान्त सापकोटालाई हस्तान्त्रण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघका अध्यक्ष सापकोटाले सहकारीले संघलाई गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले उक्त शैक्षिक सामाग्रीबाट कास्कीका दृष्टिसम्बन्धी अपाङ्गता भएका कलेज पढ्दै गरेकाहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।

सहकारीका अध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ वर्ष २०८१ को शुभकामना आदनप्रदान एवं सहकारीद्वारा प्रकाशित भित्तेपात्रोको विमोचनसमेत गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







