पोखरा । पोखरामा दुर्लभ बन्य जन्तुको मासु सहित १ जना पक्राउ परेका छन् ।
दुर्लभ बन्य जन्तु नाउर झारलको जस्तो देखिने १० के.जी मासु र हड्डी सहित काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. ८ बस्ने ६९ वर्षका बोर बहादुर लामा पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा ३० को पावरहाउस स्थितमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार लामालाई थप अनुसन्धानको लागी वन कार्यालयमा पठाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







