पोखरा । पोखराको लेखनाथमा वैशाख दोश्रो साता चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लेकसिटी ब्याडमिन्टन क्लब पोखरा–२९ को आयोजनामा यहि बैशाख १४ र १५ गते चौंथो संस्करणको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा मेन्स डबल्स ए लेभल, मेन्स डबल्स सि लेभल, मेन्स डबल्स भेट्रान्स र वमेन्स डबल्समा प्रतिश्पर्धा हुने खेल संयोजक राम बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा ए लेभल मेन्स डबल्समा प्रथम, दित्तीय र तृतीय दुई टिमले क्रमशः नगद रु ४१ हजार, २२ हजार र ६/६ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उक्त विधाको सि लेभल तर्फ प्रथम, दित्तीय र तृतीय दुई टिमले क्रमशः नगद रु ३५ हजार, १८ हजार र ६/६ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
यस्तै मेन्स डबल्स भेट्रान्सतर्फ प्रथम, द्वितिय र तृतीय दुई टिमलाई क्रमशः नगद रु ३० हजार, १६ हजार र ५/५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने महिला डबल्समा प्रथम, दित्तीय र तृतीय दुई टिमलाई क्रमशः नगद रु २५ हजार, १० हजार र ५/५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
दुई दिनसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको बुधबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
प्रतियोगिता सम्पन्न गर्नक लागि करिव १२ लाख १५ हजार खर्च हुने र यसबाट बचत हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताईएको छ ।
लेकसिटी ब्याडमिन्टन क्लबका अध्यक्ष शरण प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भविन पुन र खेल संयोजक राम बहादुर गुरुङले खेलको तयारी अन्तिम चरणमा पुगेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







