पोखरामा अबैध हतियार सहित एक जना पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखरामा अबैध हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार पोखरा–२४ बाँस्कोटबाट ९ एमएम अटो पिस्तोल, त्यसमा लाग्ने एक राउण्ड गोलीसहित पोखरा –१८ का नरबहादुर वि.कलाई प्रहरीले प्रकाउ गरेको हो ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लुकाएर राखेको उक्त पिस्तोल, एक राउण्ड गोलीसहित नगद १६ हजार रुपैयाँ र एक थान नोकिया किप्याड मोवाइल सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकरी प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकरी दिए ।

राजु न्याकेटसमेत भनिने ३८ वर्षिय विकलाई बास्कोटबाट बा.प्र.०२.–०३३ प १६३३ नं. को मोटरसाइकल सहित नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।