वैशाख १३ काठमाण्डौं । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । साथै बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रियामा सरकारले सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सो सम्बन्धी निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई सोही अदालतको कामकाजसमेत गर्ने गरी पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार न्यायाधीश भट्टलाई पुरावेदन समितिको अध्यक्ष तोक्ने सरकारले निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।
त्यसैगरी हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन सम्बन्धीत निकायलाई निर्देशन दिएको उनले बताइन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक…





