वैशाख १३ पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ ।
पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले २५ हजार बराबरको १५ सेट क्रिकेट जर्सी शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको हो ।
जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई खेल क्षेत्रमा हौसला दिन जर्सी सहयोग गर्ने उद्योगप्रति धन्यवाद ज्ञापन गरे । साथै बाराही मावि खेल क्षेत्रमा अगाडी नै रहेको दावी गर्दै यस्ता सहयोगले विद्यार्थीमा थप हौसला थपिने बताए ।
जर्सी हस्तान्तरण गर्दै पोखरा युपिभिसी उद्योगका सञ्चालक जयन्द्र भट्टराईले विद्यार्थीहरु पढाईसँगसँगै खेल क्षेत्रमा अगाडी बढ्न हौसला दिनुपर्ने बताए । सामाजिक उत्तरदायित्व अनुसार जर्सी हस्तान्तरण गरिएको उनको भनाई थियो ।
यता विद्यालयका खेल प्रशिक्षक शुसिल केसीले खेल क्षेत्रमा लाग्ने विद्यार्थीका लागि यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै विद्यार्थीहरु पढाइलाई अगाडी बढाउदै खेल क्षेत्रलाई समेत अगाल्न आग्रह गरे ।
हस्तान्तरण कार्यक्रममा बाराही माविका प्रधानाध्यापक शिव भण्डारी, पोखरा युपिभिसी उद्योगका सञ्चालक जयन्द्र भट्टराई, विद्यालयका खेल प्रशिक्षक शुसिल केसी, विद्यालयका लेखा सचिन भट्टराईलगाएतको उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






