गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०८१ मा प्रकाशित




वैशाख १४ पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न भएको छ ।

पोखरामा पहिलो पटक व्यवस्थापन संकाय एम.वी.एस कार्यक्रममा अध्ययनरत विद्यार्थी विच प्रतिस्पर्धा गरीएको कार्यक्रममा विद्यार्थीले लेखन तथा प्रस्तुतीकरण गरेका थिए ।

सो दुई दिवसीय कार्यक्रममा कन्या क्याम्पस पोखराका ममता वास्तोला, शैव्या जोशी र विनिता सुवेदीको समुह प्रथम भएको छ ।

त्यसैगरी गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका मनु थापा, सुमन ढकाल र प्रतिक क्षेत्रीको समुह द्वितिय र आदिकवी भानुभक्त क्याम्पसका विद्यार्थी सुनिता राना, पुजा भण्डारी र सविना श्रेष्ठको समुहले तृतीय स्थान हासिल गरे ।
द्वितिय र तृतीय स्थान हासिल गर्ने समुहलाई क्रमशः पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको छ ।

५ क्याम्पसबाट ३/३ जना प्रतिस्पर्धी सहित ६ टिमको सहभागीता रहेको उक्त प्रतियोगितमा गुप्तेश्वर क्याम्पस, जनप्रिय क्याम्पस, कन्या क्याम्पस, पिएन क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पस रहेको थिए ।

कार्यक्रमको सहजिकरण पोखरा विश्वविद्यालयका प्रा.डा.उमेश सिंह यादवले विद्यार्थीको प्रस्तुती माथि छलफल तथा पृष्ठपोषण प्रदान गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले एमबिएस विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित आयोजना गरिएको प्रतियोगिता निकै उपलब्धिमुलक भएको बताए ।

क्याम्पस प्रमुख धर्मराज बरालले पोखरा आसपासमा रहेका क्याम्पसबिचको सम्बन्धसँगै ज्ञान आदानप्रदानमा अबका दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम संयोजक तथा आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीको अध्यक्षतामा भएको सो प्रतियोगिता बाह्य क्रियाकलाप संयोजक दुर्गानाथ पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।