पोखरा, बैशाख १४
एसियन ट्रायथलन च्याम्पीयनसीप (एसिया कप) पुरुषतर्फको उपाधि ईजिप्टका सिफेलडिन ईसमेलले जितेका छन् । पोखरामा शनिबार भएको एसिया कप ट्रायथलमा उनले स्विमिङ ९ मिनेट १२ सेकेण्ड, साईक्लिङ २९ मिनेट १४ सेकेण्ड र दौड १६ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । सो स्पर्धामा अष्ट्रेलियाका ब्रुक्लिन हेनरीले स्विमिङ ९ मिनेट १६ सेकेण्ड, साईक्लिङ २९ मिनेट २७ सेकेण्ड र दौड १६ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै द्वितीय, जापानका मिट्सुहो मोचीजुकीले स्विमिङ ८ मिनेट २९ सेकेण्ड, साईक्लिङ २९ मिनेट ४० सेकेण्ड र दौड १७ मिनेट ४० सेकेण्डमा दुरी पूरा गर्दै तृतीय भए । त्यस्तै, अष्ट्रेलियाकै निक फ्रिस्बीले स्विमिङ ९ मिनेट २ सेकेण्ड, साईक्लिङ २९ मिनेट ४० सेकेण्ड र दौड १७ मिनेट १४ सेकेण्डमा दुरी पूरा गर्दै चौथो हुँदा जापानका यूया कोबेयासीले स्विमिङ ८ मिनेट ४१ सेकेण्ड, साईक्लिङ २९ मिनेट ५९ सेकेण्ड र दौड १७ मिनेट ४० सेकेण्डमा दुरी पूरा गर्दै पाचौं स्थान प्राप्त गरे ।

एसियन ट्रायथलन च्याम्पीयनसीप (एसिया कप)को महिलातर्फको उपाधि ईजराईलका ईड्डा जानेसडोटिरले जितेकी छन् । ईड्डाले स्विमिङ ९ मिनेट २१ सेकेण्ड, साईक्लिङ ३० मिनेट २५ सेकेण्ड र दौड १८ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै जितेकी हुन् । सो स्पर्धामा गुआमका मानामी लिजिमाले स्विमिङ ९ मिनेट २५ सेकेण्ड, साईक्लिङ ३० मिनेट २३ सेकेण्ड र दौड १९ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै द्वितीय र उज्वेकिस्तानका एलिना खाकीमोवाले स्विमिङ १० मिनेट ३९ सेकेण्ड, साईक्लिङ ३२ मिनेट ८ सेकेण्ड र दौड १९ मिनेट ४७ सेकेण्डमा दुरी पूरा गर्दै तृतीय भईन् । त्यस्तै, ईण्डोनेसियाका मार्टिना अयू प्रतिवीले स्विमिङ ९ मिनेट ४८ सेकेण्ड, साईक्लिङ ३२ मिनेट ५८ सेकेण्ड र दौड २० मिनेट ३३ सेकेण्डमा पूरा गर्दै चौथो र जापानका ईकुमी सेतोले स्विमिङ १० मिनेट ४० सेकेण्ड, साईक्लिङ ३४ मिनेट ८ सेकेण्ड र दौड १८ मिनेट ५८ सेकेण्डमा पार गर्दै पाचौं भईन् ।
दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीपको उपाधिमा भारतका खेलाडीहरुले बर्चस्व राखेका छन् । पोखरामा शनिबार भएको च्याम्पीयनसीपको पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले बर्चस्व राखेका हुन् । च्याम्पीयनसीपको पुरुषतर्फको उपाधि छिमेकी देश भारतका आदर्श मुरलीधरण नैयर र महिलातर्फको उपाधि मान्सी मोहितले जिते । आदर्शले स्विमिङ ९ मिनेट ५५ सेकेण्ड, साईक्लिङ ३२ मिनेट १६ सेकेण्ड र दौड १८ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
सो स्पर्धामा भारतकै कौशिक विनय मलान्डकरले स्वमिङ ९ मिनेट ५० सेकेण्ड, साईक्लिङ ३२ मिनेट १६ सेकेण्ड र दौड १९ मिनेट ३८ सेकेण्डमा दुरी पूरा गर्दै दोश्रो र नेपालका विपन खतकट्वाले स्वमिङ ११ मिनेट ३३ सेकेण्ड, साईक्लिङ ३३ मिनेट ३६ सेकेण्ड र दौड १८ मिनेट २६ सेकेण्डमा दुरी पूरा गर्दै तेश्रो भए । त्यस्तै, नेपालकै प्रविन थारुले स्वमिङ १२ मिनेट १७ सेकेण्ड, साईक्लिङ ३३ मिनेट ३२ सेकेण्ड र दौड १८ मिनेट ३१ सेकेण्डमा दुरी पूरा गर्दै चौथो हुँदा नेपालकै मुकेश थारुले स्वमिङ १२ मिनेट ४० सेकेण्ड, साईक्लिङ ३४ मिनेट १५ सेकेण्ड र दौड १९ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै पाचौं भए ।
च्याम्पीयनसीपको महिलातर्फ च्याम्पीयन बनेकी भारतकी मान्सीले स्वमिङ १० मिनेट ४४ सेकेण्ड, साईक्लिङ ३४ मिनेट १९ सेकेण्ड र दौड २१ मिनेट १२ सेकेण्डमा पूरा गरिन् । त्यस्तै, नेपालकी श्रेवी महर्जनले स्वमिङ ११ मिनेट २४ सेकेण्ड, साईक्लिङ ३६ मिनेट ८ सेकेण्ड र दौड २२ मिनेट ७ सेकेण्डमा दुरी पूरा गर्दै द्वितीय हुँदा नेपालकै शोभा बलामीले स्वमिङ १४ मिनेट ४१ सेकेण्ड, साईक्लिङ ३९ मिनेट ३४ सेकेण्ड र दौड २५ मिनेट ९ सेकेण्डमा पूरा गर्दै तृतीय स्थान हासिल गरिन् ।
च्याम्पीयनसीप अन्तर्गत राष्ट्रिय प्रतिष्पर्धाको पुरुषतर्फ विपन खतकट्वाले स्वमिङ ११ मिनेट ३३ सेकेण्ड, साईक्लिङ ३३ मिनेट ३६ सेकेण्ड र दौड १८ मिनेट २६ सेकेण्डमा पूरा गर्दै प्रथम भए । सो स्पर्धामा प्रविन थारुले स्वमिङ १२ मिनेट १७ सेकेण्ड, साईक्लिङ ३३ मिनेट ३२ सेकेण्ड र दौड १८ मिनेट ३१ सेकेण्डमा दुरी पूरा गर्दै द्वितीय, मुकेश थारुले स्वमिङ १२ मिनेट ४० सेकेण्ड, साईक्लिङ ३४ मिनेट १५ सेकेण्ड र दौड १९ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै तृतीय र यजु महर्जनले स्वमिङ ११ मिनेट ३२ सेकेण्ड, साईक्लिङ ३६ मिनेट २० सेकेण्ड र दौड २५ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै चौथो भए ।
पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाईडलाई केन्द्रीत गरेर आयोजित च्याम्पीयनसीपको स्प्रिन्ट विधा अन्तर्गत ७ सय ५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड राखिएको थियो ।
प्रतियोगिताको च्याम्पीयनले ६ सय ३० अमेरिकी डलर अर्थात करीब ८४ हजार, द्वितीय हुनेले ५२५ डलर अर्थात करीब ७० हजार, तृतीय हुनेले ४२० डलर अर्थात करीब ५६ हजार, चौथो हुनेले ३१५ डलर अर्थात ४२ हजार र पाचौं हुनेले २१० डलर अर्थात करीब २८ हजार रुपैया पुरस्कार प्राप्त गरेको नेपाल ट्रायथलन एशोसियसन (एनटिए)का उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






