वैशाख १६ काठमाण्डौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेकी छन् । आजदेखि सुरु लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालका विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न आह्वान गरिन् ।
उनले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिहहेको बताइन् । लगानी सम्मेलनमार्फत आवश्यक लगानी आकर्षित गर्नका लागि सरकारले विभिन्न ऐन संशोधन समेत गरेको उल्लेख गरिन् ।
उनले सरकारले पनि लगानी बढाउनका लागि सोहीअनुसारको वातावरण तयार गरिदिनुपर्नेमा जोड दिइन् । “नेपालमा लगानी बढाउनका लागि लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्छ, सरकारले पनि कानुनमा देखिएका समस्यालाई अध्यादेशमार्फत सम्बोधन गरेको छ”, मन्त्री चौधरीले भनिन्, “खासगरी जग्गाको हदबन्दी र नदी कोरिडोर र वातावरणीय विषय सम्बोधन गरिएको छ ।”
लगानीका दृष्टिले नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानुनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि उचित भएको बताइन् । “नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावना छन”, उनले भनिन्, “खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्तालाई म लगानीका लागि आह्वान गर्न चाहन्छु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ता सबैका लागि यहाँ ठाउँ पनि छ, सम्भावना पनि छ ।”रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







