कैद मिनाहा माफीमा विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०८१ मा प्रकाशित




फाइल तस्विर

वैशाख २० बाँके । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गरे । कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनस्र्थापना गर्न आवश्यक भएकोमा जोड दिँदै उनले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रूपान्तरण गराउन जरुरी भएको औँल्याए ।

अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्काे अपराध हुने भन्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताए । उनले भने कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।