पोखराकी एलिना गुरुङ नेपाल स्टारको उत्कृष्ट चारमा प्रवेश


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७७ मा प्रकाशित




पोखरा। नेपाल टेलिभिजनबाट शनिबार राती प्रशारण हुँदै आएको सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ की उपाधिका दावेदार पोखरेली चेली एलिना गुरुङ फाइनलमा प्रवेश गरेकी छिन।

डेञ्जर जोनमा कहिल्यै नपरेकी उनी शनिवार राती प्रसारित कार्यक्रमबाट फाइनमा प्रवेश गरेकी हुन। एक्ली महिला फाइनल प्रतिष्पर्धी गुरुङले फाइनल प्रवेशका लागि मदन सिंह नेपाली र सुक्मित गुरुङको स्वरमा रहेको “रेलिमै रेलिमै रेलिमै लाहुरे दाईको रेलिमै”बोलको गीत दमदार प्रस्तुति गरेकी थिइन्।

नेपाल स्टार सिजन १ को फाइनलमा पोखरेली चेली एलिना गुरुङसँगै काठमाडौका सुरेस लामा, ताप्लेजुङका लक्ष्मण लिम्बु, सुनसरीका सन्देश बोमजन लामा प्रवेश गरेका छन् ।

पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगार्थ एवम प्रचारार्थ एलिना गुरुङ जिताऔं समितिले माघ ६ गते मंगलबार अपरान्ह ३ बजे पोखरा १२ माटेपानीस्थित केसी क्याटरिङ पार्टी प्यालेसमा कन्सर्ट आयोजना गरेको समितिकी सचिव रोशनी गुरुङले जानकारी दिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।