नेपाल ज्योतिष परिषद् कास्कीको अध्यक्षमा आचार्य


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा । नेपाल ज्योतिष परिषद् कास्कीको अध्यक्षमा रामजीप्रसाद आचार्य निर्वाचित भएका छन् ।

परिषद्को ८ औं अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । परिषद्को उपाध्यक्षमा रामेश्वर अधिकारी, धना शर्मा, कृष्ण प्रसाद दाहाल, सचिवमा गौरव ढुङ्गाना, कोषाध्यक्षमा रेशम ढकाल, सह–कोषाध्यक्षमा नारायण परियार, सह–सचिवमा सोमनाथ त्रिपाठी, हीरामणि पौडेल चयन भएका छन् । यस्तै सदस्यहरू रामप्रसाद नेपाल, शालिग्राम अधिकारी, हिमाल तिमिल्सिना, सूर्य गौतम निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिए ।

यसअघि कार्यक्रमको नेपाल ज्योतिष परिषद् केन्द्रीय उपाध्यक्ष प्रेम कुमारी गुरुङ्ले उद्घाटन गरेकी थिइन् । उनले ज्योतिष विद्या मनुष्यको तेस्रो नेत्र भएको भन्दै यसलाई ज्योतिषीहरूले कमाइको रुपमा मात्र नलिइकन समाजमा भएका ज्योतिष सम्बन्धी सकारात्मक–नकारात्मक कुराहरुलाई प्रष्ट्याउदै अगाडी बढ्न आग्रह गरिन् । उनले धर्म र संस्कृतिको संरक्षणसंगै पञ्चाङ्ग सहितको भित्ते पात्रो प्रकाशित गरिनु निकै प्रशंसनीय काम रहेको बतइन् ।

नेपाल ज्योतिष परिषद केन्द्रीय उप महासचिव लीलाराज शर्माले ज्योतिष विज्ञानलाई आधुनिक विज्ञानसँग तुलना गरि समाजमा लैजानुपर्नेमा जोड दिएका थिए ।

परिषदका अध्यक्ष शिवदत्त रेग्मीको अध्यक्षता भएको कार्यक्रममा विश्व ज्योतिष पञ्चांग निर्णायक समितिका महासचिव हरिश्चन्द्र भण्डारी, नेपाल ज्योतिष परिषद् केन्द्रिय सदस्य वासुदेव सुवेदी, गण्डकी प्रदेश ज्योतिष परिषदका उपाध्यक्ष मोहराज ढकाल,परिषद्की सल्लाहकार दुर्गा आचार्य दाहाल, संस्कृत युवा मञ्च नेपालका अध्यक्ष रामकृष्ण अर्याल, दीपक सापकोटालगायतका वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य परिषद्कीमा उपाध्यक्ष रामेश्वर अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गौरव ढुङ्गानाले प्रस्तुत गरे भने कार्यक्रमको संचालन रामजीप्रसाद आचार्यले गरेका थिए छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।