पोखरामा अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखरामा ठगीसम्बन्धी कसुरको जाहेरवालालाई धम्की तथा गालिगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले पोखरा–७ स्थित मालपोत कार्यालय अगाडीको सार्वजनिक स्थलमा डर, धम्की, गालिगलौज तथा कुटपिट गरेको आरोपमा पोखरा–३० का २६ वर्षिय सागर रानाभाटलाई पक्राउ गरेको हो ।

गत शुक्रबार सार्वजनिक स्थलमा रानाभाटले ठगी सम्बन्धी कसुरका जाहेरवालाई डर धाक धम्की दिई गालिगलौज गरेको र हातपात समेत गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचनामार्फत जनाएको छ ।

पक्राउ परेका उनलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता बिरुद्धको कसूर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।