पोखरा ।सार्दीखोला पोखरा सम्पर्क समितिको हालै पोखरामा सम्पन्न चौथो अधिवेशनले बम बहादुर गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा लोकनाथ आचार्य द्वितीय उपाध्यक्ष मनसुबा गुरुङ्ग,सचिब अनिल गुरुङ्ग, सहसचिब धन बहादुर गुरुङ्ग र कोषाध्यक्षमा भोजराज आचार्य चयन भएका छन।
समितिको सदस्यहरुमा सु.शेर बहादुर गुरुङ्ग,आश कुमारी गुरुङ्ग,कमला गुरुङ्ग,सु.तेज बहादुर गुरुङ्ग,नासु हिरा बहादुर घले,ईन्द्रकाजी गुरुङ्ग , क्या. हर्क बहादुर गुरुङ,,लिला बहादुर क्षत्री र दुर्गा लक्ष्मी गुरुङ्ग सर्वसम्मतीले चयन भएका छन।
अधिवेशनको गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ्गले उद्घाटन गर्दै सार्दिखोला पोखरा सम्पर्क समितिले गरेको काम प्रशंशनीय रहेको बताए।सम्पर्क समितिका अध्यक्ष बम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको चौथो अधिवेशन तथा १३ औं साधारण सभामा माछापुच्छ्रे गाउँपालिकाका प्रबक्ता एवं वडा नं २ का वडाध्यक्ष गणेश आचार्य , माछापुच्छ्रे माविका प्रअ सन्तोष आचार्य, सम्पर्क समितिका सल्लहाकार समिति संयोजक अम्बर बहादुर गुरुङ्ग , सदस्य मित्रलाल आचार्य ,प्रथम उपाध्यक्ष लोकनाथ आचार्यले सम्पर्क समितिले शैक्षििक र सामाजिक क्षेत्रमा पुर्याएको भुमिकाको चर्चा गरेका थिए।अधिवेशनमा अध्यक्ष बम बहादुर गुरुङ्गको समितिको प्रतिवेदन र कोषाध्यक्ष भोजराज आचार्यले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको सचिव अनिल गुरुङ्गले जानकारी दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







