पोखरा महानगर बक्सिङ संघमा कार्की


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०८१ मा प्रकाशित




जेठ ६ पोखरा । पोखरा महानगरपालिका बक्सिङ संघको अध्यक्षमा सन्तोष कार्की चयन भएका छन् ।

आइतबार पोखरामा सम्पन्न एक भेलाले ३ वर्षे कार्यकालकालागि कार्कीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा दीलिप दोषी, सचिवमा बुद्ध गुभाजु, कोषाध्यक्षमा विष्णु कायस्थ चयन भएको सचिव गुभाजुले जानकारी दिए ।

यस्तै सदस्यहरुमा सोनी बरुवाल, महत्तम श्रेष्ठ र शशी पौडेल छन् ।

आजै बसेको संघको पहिलो बैठकले ५ सदस्यीय सल्लाहकार समितिपनि चयन गरेको छ । जसमा रमेश थापा, कास्की जिल्ला बक्सिङ संघ, गण्डकी प्रदेश बक्सिङ संघ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष र नेपाल बक्सिङ संघ महासंघका कार्यसमिति सदस्य राजेन्द्र पहारीलाई चयन गरेको सचिव गुभाजुले जानकारी दिए ।

यस्तै संघले पोखराका विभिन्न सामुदायिक विद्यालयहरुमा बक्सिङ खेलको बारेमा जानकारीसँगै प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।

यसअघि कार्यक्रमको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले उद्घाटन गरेको थिए । उनले बक्सिङ खेलको विस्तार तथा पर्वद्धनमा लाग्न संघलाई आग्रह गरे ।

यसका लागि महानगर खेलकुद विकास समितिबाट सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गरे ।

अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्ध गुभाजुले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।