एसईई विद्यार्थी लक्षित निःशूल्क कम्यूटर तालिम सञ्चालन गरिँदै


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०८१ मा प्रकाशित




जेठ ५ पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को शिक्षा समितिले माध्यमिक विद्यालय परीक्षा (एसईई) दिएर वसेका विद्यार्थीहरुका लागि निःशुल्क कम्प्यूटर तालिम दिने भएको छ ।

परिक्षा दिएर वसेका बिद्यार्थीहरुका लागि सिप मुलक शिक्षा तर्फ अग्रसर गराउने उदेश्यले वडा नं २७ को संयोजन र वडा नं २९, ३०, ३१ र ३२ समन्वयमा १५ दिने कम्प्युटर र व्यत्तित्व विकास तालिम दिन लागिएको हो ।

आईतबार देखि डायमण्ड माविमा शुरु भएको तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले वडाका शैक्षिक कार्यक्रमलाई शिक्षा समितिले प्रभावकारी तरिकाले अगाडी वढाउनका लागि वार्षिक योजना बनाएर अगाडी बढ्नु पर्ने आवस्यकता औल्याउँदै विद्यार्थीको सिकाई समयानुकुल परिवर्तन हुनै पर्नेमा जोड दिए ।

सो अवसरमा वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले भोलिको सुन्दर भविष्यका लागि आजैदेखि मिहिनेत र ध्यानपूर्वक तरिकाले सिकाईलाई प्रभावकारी बनाउन अनुरोध गरे ।

कार्यक्रममा लक्ष्मी आदर्श माविका प्रधानाध्यापक शिवमणि भण्डारीले अहिलेको अवस्थामा कम्प्युटर शिक्षा नजान्नु नेपालीमा क,ख,ग नजाने जस्तै भएको बताए ।

पोखरा महानगरपालिका वडा नं २७ का शिक्षा समितिका संयोजक तथा वडाध्यक्ष पूर्ण कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा समितिका सदस्य तथा डायमण्ड मा विका प्राचार्य यम रोक्का, कार्यक्रमको सञ्चालन वडा सदस्य जितेन्द्र क्षत्रीले गरेका थिए ।

१५ दिन सम्म सञ्चालन हुने तालिममा करिव २५० जना विद्यार्थीहरुले सेवा लिन सक्ने बताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।