बाराही मा.वि.लाई जगदम्बा प्रतिष्ठानद्वारा क्रिकेट जर्सी हस्तान्तरण


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित




जेठ ८ पोखरा । जगदम्बा प्रतिष्ठानले पोखरा–५ स्थित बाराही मा.वि.लाई क्रिकेट जर्सी हस्तान्तरण गरेको छ ।

पोखरा ५ प्रस्र्याङस्थित प्रतिष्ठानले विद्यालयलाई १५ सेट क्रिकेट जर्सी हस्तान्तरण गरेको हो ।

जर्सी ग्रहण गर्दै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई पढाइ सगँसंगै खेल क्षेत्रमा पनि विद्यार्थीलाई हौसला मिल्ने विश्वास व्यक्त गरे ।

जर्सी हस्तान्तरण गर्दै जगदम्वा प्रतिष्ठानका अध्यक्ष (जगदम्वा टुर्स एण्ड ट्राभल्सका संचालक) केशव प्रसाद अधिकारीले अहिले पठाइ सगँसंगै चौतर्फिक ज्ञान आवश्यक पर्ने बताए । उनले खेलबाटपनि विद्यार्थीले केही न केही सिकाइ हुने बताए । उनले आफुपनि सो विद्यालयमा पढेको बताउदै विद्यार्थीलाई खेल र पढाई दुबैलाई अगाडी बढाउन आवश्यक रहेको औल्याए ।

विद्यालयका खेल प्रशिक्षक शुसिल केसीले विद्यालयको आफ्नै खेल मैदान भएका कारण खेलमा रुचि भएका विद्यार्थीहरुपनि धेरै भएको बताए । कक्षा १ देखी १२ सम्म पढाइ हुने बाराही माविमा ८ सय ५५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।