पोखराबाट हराएको स्कुटर प्यूठानमा भेटियो


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा पार्किङमा गरि राखेको स्कुटर प्यूठानमा फेला परेको छ ।

गत जेठ २ गते पोखरा–९ नयाँबजारमा पार्किङ गरि राखेको ग १५ प २४७५ नम्वरको स्कुटर चोरी गरि प्यूठान पुर्याएको आरोपमा एक जनालाई प्रहरीले स्कुटरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठानको नौबहिनी गा.पा. वडा नं. ७ बस्ने वर्ष ३६ को रेकम बुढाथोकी रहेका छन् । पक्राउ परेका उनलाई प्यूठान प्रहरीले कास्की पठाएपछि चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।