गण्डकी प्रदेश घेदुङका पदाधिकारीलाई पोखरा महानगर घेदुुङको सम्मान


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०८१ मा प्रकाशित




तस्विर : तामाङ दिम

पोखरा । कास्की जिल्लाबाट मनोनीत एवं नवनिर्वाचित गण्डकी प्रदेश घेदुङका पदाधिकारीलाई पोखरा महानगर घेदुुङले एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै संघिय उपाध्यक्ष दीपक वाईबाले तामाङ समुदाय नेपालका आदिवासी जनजाति मध्ये तेस्रो ठूलो जनसंख्या भएकोता पनि राजनीतिक,आर्थिक,प्रशासनिक,शैक्षिक लगायत राज्यको महत्त्वपूर्ण अंगहरुमा तामाङ समुदायको संख्या न्युन भएको प्रति दुख व्यक्त गरे । अवको समयमा तामाङ समुदाय पनि यी महत्वपुर्ण पदमा पुग्नका लागि संघर्ष गर्न आवश्यक रहेको बताए ।

समितिले हालै सम्पन्न नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशको अधिवेशनबाट नवनिर्वाचित उपाध्यक्ष राम बहादुर ब्लोन तामाङ (शिबु),सचिव मनिष माम्बा र सदस्य प्रेम लोप्चनलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार टेक बहादुर तामाङ,राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिनमाया तामाङ,केन्द्रीय पुर्व सदस्य हरिमान थिङ,केन्द्रीय पुर्व का।वा।अध्यक्ष कुम बहादुर योञ्जन लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसै गरि सम्मानित व्यक्तित्वद्वय गण्डकी प्रदेशका नवनिर्वाचित सचिव मनिष माम्बा तामाङ र उपाध्यक्ष राम बहादुर ब्लोन (शिबु) ले मन्तव्य व्यक्त गरेका थिए।यसै गरी संस्थाले आफ्नो माताहतका र इकाईहरु रिठ्ठेपानी तामाङ इकाई समिति र सिम्पानी तामाङ इकाई समितिका नवनिर्वाचित अध्यक्ष पूर्ण शिला स्याङ्बो र विर बहादुर थोकरलाई पनि सम्मान गरेको थियो ।

संस्थाका कार्यवाहक अध्यक्ष कुमार थिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कविता योन्जनले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव अन्जना डुम्जनले गरेकी थिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।