कास्कीको मर्दीखोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यू


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । मर्दीखोलामा पौडी खेल्ने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एक जनाको डुवेर मृत्यू भएको छ ।

आइतबार अपरान्ह गाउँपालिकाको रिभानस्थित आनन्द ठाँटीका ४९ वर्षे शिवबहादुर थापा मगरको शान्तिघाट नजिकै मर्दीखोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यू भएको हो ।

मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यू भएको वडाध्यक्ष नारायण पाण्डे मार्फत सूचना प्राप्त हुनासाथ तत्काल पुगेको अस्थायी प्रहरी पोष्‍ट भेडाबारी र स्थानियको सहयोगमा अपरान्ह ४ः ५० शवलाई पानीबाट बाहिर निकाली पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रिय हस्पिटल ल्याइएको जनाइएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।