घरको ढोकामा अपरिचित व्यक्तिले नवजात शिशु छोडेर फरार भएपछि…


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा एकजना अपरिचित व्यक्तिले नवजात शिशु छोडेर फरार भएका छन् । पोखरा ८ जाल्पारोड स्थित नारायण सुवेदीको घरको ढोकामा एक अपरिचित व्यक्तिले नवजात शिशु छोडी फरार भएका हुन् ।

प्रहरीले शिशुको उद्धार गरी उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको छ । शिशुको अवस्था अहिले मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।

थप अनुसन्धानको लागि वडा प्रहरी कार्यलय बैदामबाट अनुसन्धान टोली खटिएको समेत जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।