साङ्केतिक तस्विर
पोखरा । पोखरा महानगरपालिका–५ प्रस्याङ फिर्केपुलस्थित सडकमा गएराती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राती पोखरा–बाग्लुङ राजमार्गस्थित फिर्केपुल नजिकैको सडकमा बा ४८ प ९५७९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाग्लुङको बाग्लुङ न.पा.–१२ अमलाचौरका ४१ वर्षिय गणेश आचार्यको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







