जेठ १६ पोखरा । आफनो संस्कार, संस्कृति संरक्षण तथा दशनामी समाजको उत्थानमा क्रियाशिल हुन नेपाल दशनामी समाज कास्कीलाई सुझाव दिइएको छ । नेपाल दशनामी समाज कास्कीले पोखरामा आयोजना गरेको बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाले समुदायको हितमा क्रियाशिल हुदैँ मौलिक संस्कार, संस्कृति संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि समाजका ज्येष्ठ सदस्य केदार गिरीले पूर्खाहरुको इतिहारलाई भुल्न नहुने बताए । आफनो संस्कार, संस्कृति के थियो भन्ने बारेमा जानकारी लिनुपर्ने र त्यसलाई आत्मसाथ गर्दै अगाडि बढनुपर्नेमा जोड दिए । बाबु बाजेले गर्दै आएको संस्कारलाई आत्मसाथ गर्दै नयाँ पुस्तामा पुुस्तान्तण गर्नुपर्छ । उनले भने, ‘दशनामी ब्राहमणका पनि गुरु हुन् भन्ने अग्रजबाट सुन्दै आएको हुँ।जातीय संस्थाको आवश्यकता पछिल्लो समय महसुुस गरिए स्थापना गरिएको हो । संस्थाले सबैलाई समेटेर जानसके मात्रै सफल हुन्छ ।’ उनले विज्ञहरुलाई सहभागी गराएर संस्कार र संस्कृतिका बारेमा जानकारी गराउन प्रशिक्षण लगायतका कार्यक्रम गर्नुपर्ने उल्लेख गरे ।
उनले संस्कार संस्कृति जोगाउर्दै एक रुपता ल्याउनुपर्नेमा सुझाव दिए । दशनामी समाजका वरिष्ठ उपाध्यक्ष तारा गिरीले दशनामी समाजमा समस्या थियो तर अहिले समाजको केन्द्रीय कार्यालयले धेरै काम गरेको बताउदै समावेशी आयोगमा समेत दशनामीले ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
दशनामी कास्कीका पूर्व अध्यक्ष रमेश गिरीले कास्कीले अगुवाई गरेर सबैलाई एकताबद्ध गरेर जानुपर्नेमा जोड दिए । दशनामी र सन्यासी एकै हौ भन्ने बारे अन्यौल रहेको बताउँदै यस विषयमा स्पष्ट हुनुपर्ने बताए । सबैको चाहना कास्कीले नयाा कार्यको सुरुवात गर्नुपर्छ ।
दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा भुपेन्द्र गिरी, दशनामी समाज स्याङजाका सल्लाहाकार कपिल गिरी, दशनामी समाजका सचिव बोधराज गिरी, दशनामी समाज कास्कीका कोषाध्यक्ष सुनिता गिरी, गोविन्द गिरी, समाज कास्कीका प्रथम उपाध्यक्ष भरत गिरी, अरुण गिरी, पत्रकार एकराज गिरी लगायतले दशनामी समाजलाई सक्रिय रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







