गणतन्त्र दिवसको अवसरमा कोकोम्हेन्दो साहित्य समाज कास्कीको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा ,तामाङ मातृभाषाको रचना वाचन तथा साहित्यिक विमर्श , कार्यक्रम नेपाल तामाङ घेदुङ रिठ्ठेपानी इकाई समितिको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रम आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवम् युवा नेता पूर्ण ह्योल्मो लामाको प्रमुख आतिथ्यता साथै संस्थाका अध्यक्ष दीपक वाईबा तामाङको अघ्यक्षतामा सम्पन्न भएको थियो।
प्रमुख अतिथि लामाले कुङामा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै (कोकोम्हेन्दो )साहित्य समाजले शुरुवातदेखि आजसम्म गरेका हरेक कार्यक्रम गतिविधि सराहनीय रहेको छ,कुनै पनि समुदायले साहित्यका क्षेत्रमा बलियो पकड राख्न सकेको खण्डमा उक्त समुदायको भाषा,संस्कार र संस्कृति पनि समृद्ध हुन्छ,नेपालका आदिवासी समुदाय गणतन्त्रका पक्षधर हुन् ,हरेक जातजातिको भाषा लिपी संस्कार संस्कृति समानरूपले फुल्न फुलाउन यसलाई सम्पन्न तुल्याउन हाम्रो तर्फबाट पनि निरन्तर सकरात्मक प्रयास रहनुपर्ने कुरामा प्रमुख अतिथि लामाले जोड दिएका थिए।
कार्यक्रममा मनसुब्बा स्याङ्बो, पवित्रा थोकर, राम बहादुर ब्लोन , शिबुु, साहित्यकार माधव खतिवडा र मिनमाया डुम्जनले तामाङ भाषामा कविता वाचन गरेका थिए । नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य अन्जना डुम्जन र सञ्चालन सचिव मिनमाया डुम्जनको रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ…






