कास्कीको अन्नपुर्ण गाउँपालिकामा सवारी दुर्घटनाबाट ८ जना घाईते


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित




पोखरा । कास्कीको अन्नपुर्ण गाउँपालिकाको वडा नं. १ लेवाडेमा सवारी दुर्घटना हुदा ८ जना घाईते भएका छन् । आज विहान करिव ४ बजेतिर काठमाडौबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा ५ ख २८५ नं.को बस उक्त स्थानमा दुर्घटनामा परेको हो ।

बस सडको दायाँ साईडतर्फ नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार घाईते हुनेहरुमा बस चालक पर्वत जलजला गाउँपालिका वडा नं. ८का ३६ वर्षका बल बहादुर फगामी मगर,म्याग्दीको मालिकाका ३९ टक बहादुर कामी,मंगला गाउँपालिका १ का ४५ बर्षका प्रेम पुन,५७ बर्षका तिलक शर्मा,२५ बर्षका रन्जना हमाल, दरबाका २५ बर्षका सविता श्रीपाली,५७ बर्षका हिरा केसि,१७ बर्षका भिमसेन अधिकारी रहेका छन् ।

घाईतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । उनीहरुको हात,मुख,खुट्टा,कुम लगाएतका शरीरका विभिन्न स्थान चोटपटक लागेका छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।