फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित




पोखरा । जेष्ठ १७ गते।

फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरी बल नं.२४ कालिका गणको विषेश उध्दारकहरुले सकुशल उद्धार गरेका छन।

एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार उनि दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको हावाहुरीमा परी वीच तालमा अतालिएकी र उध्दारका लागि चिच्याई रहेको अवस्थामा उद्दार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए। उनि अष्ट्रियाको नागरिक २७ वर्षिय लाउरा रहेको समेत गणपति शर्माले जानकारी दिए।
एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।