पोखरा । गण्डकी प्रदेशका पुर्व सांसद तथा काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्री विष्णु प्रसाद लामिछानले धेरै भन्दा धेरैलाई सिप सिकाउन आवश्यक रहेको भित्तेपात्रो (क्यालेण्डर) बिमोचन कार्यक्रममा बताए ।
प्रफेक्ट प्रिटिङ सलुसन, नगेन आर्ट एकेडेमी र द हिमालय टाईगरको सयुंक्त आयोजनामा भित्तेपात्रो (क्यालेण्डर) बिमोचन कार्यक्रममा लामिछानेले सरकारी निकायमा समन्वय गरेर सिप सिकाउन आवश्यक रहेको र सिप भए जहा गएपनि जागिरको लागि सजिलो हुने बताए ।
प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व सांसद तथा काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्री विष्णु प्रसाद लामिछाने, रासस गण्डकी प्रदेश प्रमुख बासुदेब पौडेल र पोखरा महानगरपालिका शहरी योजना आयोग सदस्य सुरेन्द्र बावु तिवारीले संयुक्त क्यालेण्डर बिमोचन गरिएको थियो ।
गण्डकी प्रदेशका पुर्व सांसद तथा काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्री विष्णु प्रसाद लामिछानेले सिप सिकाई उद्यमी बनाउन लागेका तिन सस्ंथालाई धन्यवाद दिदै देशलाई गुन लगाएको बताए । उनले देशमा धेरै सम्भावना रहेको बताउदै देशमा केहि गर्न प्रत्येक युवालाई आग्रह गर्दै सिप सिकेर विदेश नै जाँदा काम पाउन सजिलो हुने बताए ।
रासस गण्डकी प्रदेश प्रमुख बासुदेब पौडेलले स्वरोजगार बनाउन गरिएको कला र सिप सिकाईलाई निरन्तरता दिन अनुरोध गर्दै प्रशिक्षार्थीहरुलाई शुभकामना दिए ।
पोखरा महानगरपालिका शहरी योजना आयोग सदस्य सुरेन्द्र बावु तिवारीले कला र सिपलाई अगाडी बढाईरहेको देख्दा खुसि लागेको बताउदै यसलाई निरन्तरता दिन अनुरोध गरे । उनले पोखरा महानगरपालिका शहरी योजना आयोगले सिपलाई अगाडी बढाईरहेको र साझेदारी पनि गरिने बताए ।
नगेन आर्ट एकेडेमीका प्रशिक्षक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कार्यक्रमका प्रमुख व्यक्तित्वहरुले सिर्जना गरेका कलाहरु पछि प्रदशनी गरिने जनाउदैं प्रत्येक व्यक्ति कलासँग जोडिनुपर्ने भएकोले प्रमुख अतिथिहरुलाई कला सिर्जना गर्न लगाईने बताए ।
प्रफेक्ट प्रिटिङ सलुसन अन्र्तगतको प्रफेक्ट एकेडेमीका प्रशिक्षार्थीहरुले सिक्दै डिजाईन गरिएको एकेडेमीका प्रशिक्षक नबिन श्रेष्ठले जानकारी दिए ।
द हिमालय टाईगरका प्रशिक्षक डेनिस गुरुङले सिपको आवश्यक पर्ने भएकोले कतिपय व्यक्ति पैसा नभएर सिप सिक्न नसकेकोहरुलाई प्रत्येक वर्ष ८÷१० जनालाई सिकाईरहेको र यो वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने जानकारी दिए ।
उक्त कार्यक्रममा प्रफेक्ट प्रिटिङ सलुसन, नगेन आर्ट एकेडेमी र द हिमालय टाईगरले ७÷७ जना प्रशिक्षार्थीलाई निशुल्क तालिम दिने घोषणा गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ ।…





