पोखरा । एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाइ लक्षित गर्दै आयोजना गरिएको मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम कम्प्युटर तालिम सम्पन्न भएको छ ।
गण्डकी बहुप्राविधिक शिक्षालय पोखराको आयोजनामा एसईई परीक्षा सकेर बसेका विद्यार्थी लक्षित निः शुल्क १५ दिने मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम कम्प्युटर तालिम सम्पन्न भएको हो ।
गत जेठ १३ गतेदेखि शुरु भएको तालिम बुधबार सम्पन्न भएको हो । तालिममा २० जनाको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले विद्यार्थीहरुको फुर्सदको समयलाइ उत्पादनमुलक बनाउने उद्देश्यले तालिम संचालन गरिएको बताए ।
व्यवहारिक शिक्षा र रोजगारमुखि सिप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटि सँगको साझेदारीमा पोखरा महानगरपालिका द्धारा गण्डकी बहुप्राविधिक शिक्षालय, सञ्चालनमा रहेको उनले बताए ।
शिक्षालयले विभिन्न प्राविधिक विषय डिप्लोमा इन अटोमोवाइल, सिभिल, फार्मेसी, स्वास्थ्य सहायक, प्रि–डिप्लोमा तह बाल विकाश सहजकर्ता विषयको अध्यापनसँगै सिइिभिटिको पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधीका तालिमहरु प्रदान गर्दै आइरहेको छ ।
शिक्षालयले यस्तो तालिम एसईई लगत्तै हरेकवर्ष सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







