जेठ ३० पोखरा । लायन्स क्लव अफ पोखरा राईजिङ स्टारले स्थापना दिवस मानव सेवा आश्रममा मनाएको छ । क्लवले आफ्नो स्थापना दिवस पोखरा–२५ स्थित हेम्जाको मानव सेवामा आश्रितहरुलाई खाना खुवाएर मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रिक्ट ३२५ एम नेपालका वर्ष २०२४२५ का क्याविनेट सेक्रेटरी शिवराज आचार्यले क्लवले विभिन्न सामाजिक गतिविधिमा जनाइरहेको सहभागिताको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उनले क्लवले गरेका राम्रा कामको सिको सबैले गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष विष्णुप्रसाद सुवेदी, पूर्व अध्यक्ष चोकप्रसाद गुरुङ लगायतले क्लवले स्थापनादेखि नै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको र यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए ।
क्लवका प्रथम उपाध्यक्ष थमनसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तौवप्रसाद गुरुङले गरेका थिए । – विद्यार्थी पत्रकार
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







