पोखरा ३१ जेठ । गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनल खेलमा छात्र र छात्रा दुवैतर्फ कर्णाली ले दोहोरो स्वर्ण जितेको हो ।
छात्रतर्फ फाइनलमा कर्णालीले कोशी प्रदेशलाई पराजित ग¥यो । कर्णालीले कोशीलाई १–० स्कोरले पराजित गरेको हो । मधेश प्रदेशले बागमती प्रदेशलाई पराजित गर्दै छात्रतर्फ तेस्रो बन्यो । मधेशले बागमतीलाई ५–० स्कोरले पराजित गरेको हो ।
छात्रातर्फ कर्णालीले बागमती प्रदेशलाई पराजित गर्दै च्याम्पियन बन्यो । निर्धारित समयमा दुवै टिमबाट स्कोर हुन नसकेपछि फल प्ले, कार्ड, पेनाल्टी र अघिल्ला खेलको नतिजाका आधारमा कर्णाली च्याम्पियन बनेको हो ।
यस्तै सुदूरपश्चिमले मधेश प्रदेशलाई पराजित गर्दै तेस्रो बन्यो । यो खेलमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि फल प्ले, कार्ड, पेनाल्टी र अघिल्ला खेलको नतिजाका आधारमा नतिजा तय गरिएको थियो ।
प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ। प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवं राखेपका सदस्य अन्जन धमलालगायतले ट्रफी, मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







