यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : ब्याडमिन्टनमा बागमती टिम च्याम्पियन


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित




पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत ब्याडमिन्टनमा बागमती टिम च्याम्पियन भएको छ । बागमती कुल दुई स्वर्ण र तीन कास्य पदक सहित टिम च्याम्पियन भएको हो । दुई स्वर्ण सहित लुम्बिनी दोस्रो र एक स्वर्ण चार रजत र दुई कास्य सहित घरेलु टोली गण्डकी तेस्रो भयो ।

छात्रा डबल्सतर्फ बागमतीका तिसा रानी शाक्य र रिहाना शेरचनको जोडीले गण्डकीका दिलासा राना मगर र समृद्धी श्रेष्ठलाई २१–१६ र २१–१६ अंकले पराजित गरे । कोशीका मिग्मा तमाङ र निद्रा तमाङ सगै निताशा रोका मगर र निभा राईको जोडीले तेस्रो स्थान हात पारे ।

छात्र डबल्सतर्फ लुम्बिनीका सुदेश राजकोटी र सुविन श्रेष्ठको जोडीले गण्डकीका सफल भुजेल र गेजराज कार्कीको जोडीलाई १९–२१, २१–१६ र २१–१३ ले पराजित गरे । कोशीका प्रतिक विष्ट र प्रशन्न जिसी सगै सुदुरपश्चिमका आदित्य चौधरी र चौधरीको जोडी तेस्रो भए ।

मिक्स डबल्सतर्फ गण्डकीका सफल भुजेल र दिलासा रानाको जोडीले केशीका सदिप राई र निभा राईको जोडीलाई २१–१५ र २१–१२ अंकले पराजित गरे । बागमतीका सत्यम कार्की र रिहाना शेरचन सगै रिजन मगर र तिसारानी शाक्यको जोडी तेसो भए ।

छात्र एकलतर्फ लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१–१७ र २१–१९ अंकले पराजित गदै प्रथम भए । बागमतीका रिजन मगर र कोशीका सुदिप राई तेस्रो भए ।

छात्रा एकलतर्फ बागमतीका रिहाना शेरचनले कोशीकी निभा राईलाई २१–१० र २१–१९ अंकले पराजित गदै प्रथम भए । गण्डकीकी समृद्धी श्रेष्ठ र दिलाशा राना तेस्रो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य अञ्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।