आसार १ पोखरा । पोखरा इन्जिनियरिङ कलेजको स्व वि पको आयोजनामा २ दिने यन्त्र इञ्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिभल शुरु भएको छ ।
फेस्टिभलको कलेज व्यवस्थापन समितिका अध्यक्ष हिरा गुरुङले उद्घाटन गरिन् । उनले फेस्टिभल विद्यार्थीहरुमा आफुले पढेको प्राविधिक ज्ञानलाई व्यवहारिक रुपमा प्रर्दशन गर्ने फोरमका रुपमा रहेको उनले बताइन् ।
कार्यक्रममा ई. कृष्ण घिमिरे, चिजकाजी गुरुङ, डा. शैलेश गुरुङ, ई.देउकाजी गुरुङ, शुभाष पण्डित, मुस्कानराज गौतम लगायतले कार्यक्रमले विद्यार्थीमा लुकेर रहेका प्रतिभाको प्रष्फुटन हुने र यसको समीश्रणले फेस्टीभल अझ ओझिलो भएको बताए ।
आइतबारसम्म सञ्चालन हुने फेस्टीभलमा अर्किटेक्चर र इन्जिनियरिङका प्रदर्शनीहरु, टक शो, प्यानेल डिस्कसन, ह्याक्थोन प्रतियोगिता, पब्जी गेम प्रतियोगिता, अन्तर कलेज विभिन्न खेल प्रतियोगिता, चेस प्रतियोगिता, फुड स्टलहरु, साहित्यिक र सांगीतिक साँझ लगायतका कार्यक्रमहरु फेस्टीभलमा समावेश गरिएको सभापति विराट सिग्देलले जानकरी दिए ।
स्व वि प का सभापति विराट सिग्देलको अध्यक्षतामा भएको कार्यक्रको संचालन सचिव मिलन डुम्रे र कृति वाग्लेले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







