असार २ पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा आयोजित नेकपा (एमाले) बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए ।
विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उनको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उनले भने ।
त्यसको लागि पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडल मार्फत जनतालाई समेत उद्योगको शेयर दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।
विगतका गुणगान मात्र नगाएर सुन्दर भविष्य निर्माण गर्न विना अन्यौल अगाडि बढ्नुपर्ने बताए ।
‘अब हामी विगतका गुणगान गाएर समय बर्बाद गर्न सक्दैनौं, जे भयो धन्यवाद नै छ, हामी वर्तमानमा उभिन्छौ र भविष्य बनाउन विना अन्योल जानुपर्नेछ’ उनले भने ।
नेपाली मोडलको समाजवादको अर्थतन्त्र कस्तो हुने भन्नेमा छलफल चलाउनुपर्ने भन्दै बुद्धिजीवीलाई त्यसको अगुवाई गर्न आग्रह गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ ।…





