साङ्केतिक तस्विर
पोखरा । पोखरामा पुल बनाउन जग खनेको खाल्डोमा परेर बालकमो मृत्यु भएको छ । शनिबार साँझदेखि हराएका पोखरा ३३ भरतपोखरी बस्ने लक्ष्मण विकका ९ बर्षिय छोरा गणेश विक आज उक्त खाल्डोमा मृतअवस्थामा फेला परेका हुन् ।
बालक हराएको खवर पाउनासाथ प्रहरी चौकी भरतपोखरीबाट खटिएको प्रहरी टोलिले कदम बोटे सुरौती खोला पुरलिङ जोड्ने निर्माणधिन पुल बनाउन जग खनेको खाल्डोमा बालकले लगाएको चप्पल मात्रै फेला परेको थियो ।
साथै आज कालिका गण मालेपाटनबाट उद्दार टोली समेत परिचालन गरि खोजतलास गर्दा सोही खाल्डोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बालको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







