पोखरा, असार १७
पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरुले नमूना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । कलेजको बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरूले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित नमूना पत्रकार सम्मेलनमा दुई सेक्सनका ७२ जना विद्यार्थीहरूले ६ वटा समूहमा बाँडिएर अभ्यास गरेका थिए ।
बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले नमूना पत्रकार सम्मेलनको अभ्यास आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक हरी अधिकारीले जानकारी दिए । ‘सैद्धान्तिक अध्ययन गरेका विद्यार्थीलाई अभ्यास गराएका हौं । यसले विद्यार्थीलाई प्रत्यक्ष ज्ञान दिनुका साथै अनुभवपनि प्रदान गरेको छ’–उनले भने ।
क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरूले नमूना अभ्यास कार्यक्रमबाट व्यवसायीक जीवनमा उपयोगी ज्ञान हासिल गरेको बताईन् । उनले भनिन्,‘यस कार्यक्रमबाट विद्यार्थीले कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिक्ने अवसर पाए ।’
कार्यक्रममा पत्रकारहरू भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरूको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्याङ्कन गरेको शिक्षक सुवास मल्लले जानकारी दिए ।
नमूना अभ्यास पत्रकार सम्मेलनमा सहभागी विद्यार्थी एञ्जिला सुवेदीले पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरूबाट पृष्ठपोषण पाउँदा वास्तविक सिकाईको अनुभव भएको बताइन् ।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरू बिबिए र बिसिआईएस ( आईटी) मा अध्ययन गरिरहेको कलेजले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







