१०५ यूनिट रगत संकलन


     मोनिका बस्नेत    
     असार १७ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा क्रियाशिल दुई संस्थाको संयूक्त आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा १०५ यूनिट रगत संकलन भएको छ ।

लायन्स क्लव अफ पोखरा स्मार्ट टाउन र पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस अनेरास्ववियू २०७९ व्याच कमिटीको संयूक्त आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा १०५ यूनिट रगत संकलन भएको हो ।

कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्माले उद्घाटन गरे ।

कार्यक्रममा लायन्स क्लव ३२५ एमका सिनियर कान्सिलर बिष्णुप्रसाद सुवेदी, क्लवका अध्यक्ष अञ्जिता बाँस्तोला लगायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।

अनेरास्ववियू २०७९ ब्याचका अध्यक्ष अंकित गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शुशिल अधिकारीले गरेका थिए ।

– विद्यार्थी पत्रकार


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।