पोखरा । पर्वतको कुश्माबाट पोखरातर्फ आउँदै गरको कार कास्कीको काँडेमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो पोखरा तर्फ आउँदै गरेको कार पोखरा–बाग्लुङ राजमार्ग अन्र्तगत अन्नपूर्ण गाउँपालिका वडा नम्वर ३ स्थित काँडेमा दुर्घटनामा हुँदा ३ जना घाइते भएका हुन् ।
ग २ च ५३६३ नम्वरका कारका चालकले नियन्त्रण गुमाउँदा कार दायाँ साईडमा पल्टिन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा चालक पर्वतको जलजला गाउँपालिका ६ का सनम पुन, सोही ठाउँकी शुशिला पुन र कुश्मा– १२ का किशोर सापकोटा रहेका छन् । उनीहरुको ढाड, टाउको र ओठमा चोट लागेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







