भाषा संघ नेपाल को आयोजनामा पोखरामा जापानी संस्कृति “तानाबाता” पर्व आयोजना


     एभरेस्ट आवाज    
     असार २३ गते २०८१ मा प्रकाशित




पोखरा । आइतबार जापानमा उच्च शिक्षाको लागि जान चाहने विद्यार्थीहरुलाई ध्यानमा राखेर भाषा संघ नेपाल को आयोजनामा तानाबाता पर्वको कार्यक्रम सम्पन्न भयो । तानाबाता एक जापानी परम्परागत सांस्कृतिक पर्व हो । यो हरेक वर्ष जुलाई ७ मा पर्दछ।
उक्त कार्यक्रममा पोखरामा रहेका विभिन्न जापानी भाषा स्कुल बाट ५ सय भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो । जसमा धेरै जना जापान मा उच्च शिक्षाको लागि जान चाहने विद्यार्थीहरु थिए ।
कार्यक्रममा सहभागि व्यक्तिहरुले ओरिगामि को बारेमा सिक्न, जापानी पोषाक लगाउन र फोटो खिच्ने अवसर पाए । जापानी भाषाको साथै जापानी संस्कृति पनि बुझ्न पाएकोले सहभागिहरुमा उत्साह थपिएको अध्यक्ष सृजन भान्साकार्यले बताए ।
भाषा संघ नेपाल जापान जान चाहने विद्यार्थीहरुको हक हितको लागि खोलिएको संस्था हो । यसले विगतदेखी हालसम्म विद्यार्थीहरु लक्षित कार्यक्रम गरिरहेको र यसप्रकारको कार्यक्रमबाट जापानमा अध्ययनको लागि जाने विद्यार्थीहरुले धेरै जानकारि सिक्ने मौका पाउने महासचिव बाल कृष्ण शर्माले बताए ।
संयोजक सबिता शेरचन ले यस प्रकारको कार्यक्रमबाट जापान जाने व्यक्तिहरुले जापानी संस्कृति बुझ्ने अवशर पाएको बताइन् । अध्यक्ष सृजन भान्साकार्यले धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुमा पनि भाषा संघ नेपालले विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्ने बाचा गरे ।
कार्यक्रम को अध्यक्षता संघका अध्यक्ष सृजन भान्साकार्य, संयोजन द्वित्तिय उपाध्यक्ष सबिता शेरचन र सन्चालन महासचिव बाल कृष्ण शर्माले गरेका थिए ।

तानाबाता (ताराको पर्व) :
तानाबाता जुलाई ७ मा मनाईन्छ । यो मूल रूपमा चाईनाको एक चाडपर्व हो । यो पौराणिक कथासँग सम्बन्धित छ, जुन यसप्रकार छ : धेरै समय अगाडिको कुरा हो, स्वर्गको देवताको छोरी ओरिहिमे (भेगा बुन्ने केटी) हिकोबोशी नामक गाईपाल्ने कृषक (अल्टेर) सँग प्रेममा परेको थियो। ति दुई प्रेमी प्रेमिका प्रेम मा परेपछि उनीहरु ले आ आफ्नो काम गर्न छोडेको थियो र तिनीहरु दुबैले काम गरिरहेका थिएनन । त्यसैले स्वर्गको देवता रिसाए र तिनीहरुलाई मिल्कि वे सँग छुटयाईदिए । प्रभुले उनीहरुलाई वर्षको एक पटक जुलाइ ७ मा मात्र भेट्ने अनुमति दिनुभयो । तानाबाता मा बाँसका पातहरुलाई रंगिन कागजले सजाईएको हुन्छ । मानिसहरु रंगिन कागजहरुलाई लामो टुक्रा पारेर काट्छन जसलाई कागजको स्ट्रिप भनिन्छ । तिनीहरुले आफ्नो इच्छा तानजाकुमा लेख्न सक्छन र बाँसको पातमा टास्न सक्छन । आजभोली, तपाईंहरुले तानाबाता को समय नजिकिदै आउदै गर्दा रेल स्टेशनमा तथा सपिंग मल आदिमा सिंगारिएको ठुलो नियालो बाँस भेट्न सक्नुहुनेछ । जोकोहीले पनि आफ्नो इच्छा तानजाकुमा लेख्न सक्छन र नियालो बाँसमा टास्न सक्छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।