वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







