पोखरा । जिल्ला समन्वय समिति कास्कीले मंगलबार स्थानिय पूर्बाधार बिकास आयोजना पोखरा मातहत संचालित दुई बिकास आयोजना अनुगमन गरेको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले उक्त कार्यालय मातहतमा निर्मित पोखरा महानगर वडा न१७र २१ जोड्ने फुर्से खोला दम्सादी स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना र पोखरा महानगर वडा न२३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको अनुगमन गरेको बताइएको छ।
कुल लागत रू ६१,७९,१९ भएर ३५ लाख ५८ हजार ३ सय ६४ मा मिति २०८१ बैशाख ३ गते निर्माण सम्झौता भएको फुर्से खोला दम्सादी स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना २०८१ असार ४ गते निर्धारित समयमै निर्माण सम्पन्न भएको पाइएको प्रमुख पौडेलले बताउनुभयो। ग्या
भिन जाली ,रिप र्याप नाली प्लास्टिक सिट कभरिङ ,बायो इन्जिनियरिङ सहित क्याच ड्रेनको निर्माणले सो पूल सहित सो क्षेत्रको बस्ती संरक्षणमा समेत महत्त्वपूर्ण भुमिखा खेल्ने पौडेलले उल्लेख गरे। सो अबसरमा प्रमुख पौडेलले केही निर्माण कम्पनिहरूले श्रमिकहरूलाइ काममा लगाएर ज्याला भुक्तानीमा आनाकानी गरेको तथा श्रम शोषण गरेको भन्ने गुनासा आएको भन्दै यदि त्यसो गरेको पाइएमा निर्माण कम्पनीहरूलाइ कानुन अनुसार कारबाही गर्न सरोकारवाला कार्यालयलाई आग्रह गरे।
त्यसैगरि जिसस कास्कीको अनुगमन टोलिले पोखरा महानगर वडा न२३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको समेत अनुगमन गरेको छ । कुल लागत रू ५६,०३,६१० रहेर मिति २०८० असार ८ गते निर्माण सम्झौता भएको उक्त आयोजना २०८० फागुन ७ गते निर्धारित समयमै निर्माण सम्पन्न भएको छ। आर सि सि कार्य ग्याबिन ड्रेन सहित निर्मित सो आयोजनाको रैते कन्स्ट्रक्सन कम्पनीले निर्माण सम्पन्न गरेको हो। टोलिमा जि स स कास्कीका पदाधिकारी ,सदस्य ,प्राबिधिक, इन्जिनियर सहित सरोकारवाला कार्यालय स्थानिय पूर्बाधार बिकास आयोजना कार्यालयका कर्मचारी सहित स्थानियहरूको उपस्थिति रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







