दिपाङ्ग तालमा फॅंसेका चार जनाको सशस्त्र प्रहरी द्वारा सकुशल उद्दार


     एभरेस्ट आवाज    
     असार २६ गते २०८१ मा प्रकाशित




पोखरा । जिल्ला कास्की पोखरा महानगर – २७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फॅंसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको बिषेश विपद उध्दार टोलिले सकुशल उध्दार गरेको छ।

गुल्मी स्थायी वतन भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका बर्ष ५४ का राम बहादुर अधिकारी, वर्ष ३९ कि सृजना अधिकारी, वर्ष ६ को आयुष अधिकारी र वर्ष ४ की आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा स्थानीयहरुको सूचनाका आधारमा विहान ८ बजे उध्दार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

त्यसै गरि असार २६ गते विहान ४ बजे जिल्ला कास्की पोखरा – २७ सहेलापाटा निवासी वर्ष ५१ का मनबहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर देखी अंन्दाजी २० मिटर माथिबाट पहिरो खसी घर कोठा पुरिन जादा वर्ष अन्दाजी ५० की कमला थापालाई डाडाकोनाक प्रहरी र स्थानियले सकुसल उद्धार गरेको छ । निजको छोरा वर्ष २२ को भिमबहादुर थापालाई सशस्त्र प्रहरी बल कालिका गण, नेपाली सेना कृष्णदल गण र नेपाल प्रहरीको संयुक्त टोलीले विहान करिव ७ बजे मृत अवस्थामा निजको शव निकालेको समेत गणपति एसपी शर्माले जानकारी दिएका छन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।